३० बैशाख २०७५, आईतवार

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले अन्दाधुन्द लगानीले निक्षेप भन्दा कर्जा बढेको भन्दै कमसलरुपमा कर्जा दिने बैंकमाथि नियमन गरिने बताउनु भएको छ ।

   आइतबार मेगा बैंक र टुरिजम् डेभलेपमेन्ट बैंकबीचको मर्जर कार्यक्रमलाई सम्बोधन गर्दै गर्भनर नेपालले क्षणिक फाइदा भन्दा पनि मुलुकको आर्थिक विकासमा जोड दिएर व्यवस्थितरुपमा कार्य गर्न बैंकहरुलाई सुझाव दिनुभयो । राजनीतिक स्तायीत्वले आर्थिक विकासमा सहयोग पुग्ने भन्दै आयात घटाएर निर्यात बढाउने तर्फ जोड दिनु पर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजराज शाहले टुरिजम् डेभलेपमेन्ट बैंकका ३६ वटा शाखा, एक्टेन्सन काउन्टर, एटिएम लगायत सम्पूर्ण सञ्जाललाई मेगामा गाभेर संयुत रुपमा कारोबार सुरु भएको जानकारी दिनुभयो ।

मर्जरपछि मेगाको चुक्ता पँुंजी ९ अर्ब २९ करोड कायम भएको छ भने १० करोड रुपैयाँ पँुजीगत जगेडामा थप भएको छ । बैंकको निक्षेप ५७ अर्ब ५५ करोड पुगेको छ भने कर्जा ५५अर्ब ७० करोड कायम भएको छ । दुबै बैंक गाभिएसंगै मेगा बैंक देशकै तेस्रो ठूलो वाणिज्य बैंक बनेको छ ।

LIVE TV