३० बैशाख २०७५, आईतवार

मुम्बई । बलिउड गायक तथा संगीतकार हिमेश रेशमियाले शुक्रबार राती आफ्नो लोखन्डवालस्थित अपार्टमेन्टको छतमा सानो समारोहबीच टिभी अभिनेत्री सोनिया कपुरसँग विवाह गरेका छन् ।

गुजराजी रीति–रिवाज अनुसार भएको विवाहमा दुवैका परिवारका सदस्य उपस्थित थिए ।

हिमेश र सोनिया एकअर्कासँग पछिल्लो १० वर्षदेखि डेट गरिरहेका थिए । भनिन्छ, सोनियाकै कारण हिमेश र उनको पहिलो पत्नी कोमलसँग सम्बन्ध विच्छेद भएको थियो ।

तर, कोमलले यो कुरा अस्वीकार गरेकी छिन् । उनले सोनियालाई आफ्नो परिवारको सदस्य जस्तो मान्ने बताएकी थिइन् । हिमेश र कोमलको एक छोरा पनि छन्, स्वयं ।

LIVE TV