३० बैशाख २०७५, आईतवार

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा खेल्ने पहिलो नेपाली क्रिकेटर संदीप लामिछानेले आईपीएलको डेब्यू गरेका छन् । उनले डेब्यू  खेलमै विकेट लिएपछि पूर्वपरराष्ट्रमन्त्री कमल थापाले सफलताको शुभकामना दिएका छन् ।

थापाले ट्वटरमार्फत शुभकामाना दिएका हुन्  । थापाले ‘तिमी प्रति गर्व छु सन्दिप । सबै नेपाली गौरवान्वित भएका छन् ।’ भनेर ट्वीट गरेका छन् । सन्दिपलाई नयाँ शक्तिपार्टीका संयोजक डा बाबुराम भट्टराईले पनि बधाई दिँदै ट्वीट गरेका छन् ।

LIVE TV