३० बैशाख २०७५, आईतवार

काठमाडौं । ‘आपसी सम्बन्ध र हितका अनेकाैँ क्षेत्रमा सहयोग, सदभाव र सहकार्यको मार्ग प्रशस्त होस् भन्ने कामनाका साथ महामहिम प्रधानमन्त्रीज्यूसमक्ष काठमाडौं महानगरवासीका तर्फबाट यो अभिनन्दन पत्र आदरपूर्वक चढाउँदछौं,’ – याे सार हाे भारतीय प्रधानमन्त्रीलार्इ काठमाडाैं महानगरपालिकाद्वारा प्रदान गरिएकाे अभिनन्दन-पत्रकाे । रञ्जना लिपिमा

शनिबार राष्ट्रिय सभागृहमा अायाेजित मोदीको अभिनन्दन समाराेहमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको विकासका लागि सहयोग प्रदान गर्न ‘अाग्रह’ गरेका छन् । भन्नलार्इ ‘अभिनन्दन’ पत्र भनिए पनि उक्त पत्रमा काठमाडाैं महानगरले केही अपेक्षा गरेका अाग्रह प्रस्टै देखिन्छ । मोदीलाई बुझाइएको अभिनन्दन पत्रमा सहयाेगकाे याचना गरिएकाे भाषा प्रयाेग हुनुलार्इ विश्लेषकहरूले ‘मागपत्र’ तथा ‘अाग्रह-पत्र’काे संज्ञा समेत दिएका छन् ।

मेयर विद्यासुन्दरले काठमाडौंमा अाफूले सञ्चालन गर्नका लागेका योजनाहरुबारे भारतीय प्रम मोदीलाई जानकारी गराएका थिए। मोनोरेलदेखि काठमाडौंको सडक विस्तार एवं आधुनिकीकरणका याेजना उनले माेदीसामु सुनाए । साथै तरार्इमा बन्न लागेकाे पूर्व-पश्चिम रेलमार्गसँग काठमाडौं महानगरपालिकालाई जोड्ने कार्यबारे समेत अध्ययन भइरहेको मेयर शाक्यले जानकारी गराए । दुर्इ देशबीच निरन्तर सहकार्य रहने समाराेहमा बताइएकाे थियाे ।

समाराेहमा भारतीय प्रम माेदीले नेपालकाे उज्वल भविश्यको कामना गरे । लोकतन्त्रलाई बलियो बनाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’काे अवधारणामा अघि बढ्न भारतले नेपाललार्इ सघाउने उनकाे भनाइ थियाे । नेपालकाे विकासका लागि भारत ‘शेर्पा’ बन्न तयार रहेकाे समेत माेदीले बताएका थिए ।

माेदीलार्इ अभिनन्दनका क्रममा काठमाडाैं महानगरपालिकाले ५५ किलोको बुद्ध मूर्ति उपहार दियाे । त्यसैगरी भारतको राष्ट्रिय पंक्षी मयूर अंकित गरिएकाे कलात्मक झ्याल समेत प्रदान गरेर माेदीलार्इ खुसी पार्ने काम भयाे । समाराेहमा काठमाडाैं महानगरकाे साचाे समेत माेदीलार्इ बुझाइएकाे थियाे ।

LIVE TV