३० बैशाख २०७५, आईतवार

प्युठान । महेन्द्रनगरबाट प्युठान अाउँदै गरेकाे बस दुर्घटना भएकाे छ । दुर्घटनामा परी ५ जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ भने  एक  दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन् ।  बस अाज बिहान ५ बजेतिर दुर्घटना भएकाे हाे ।

बस महेन्द्रनगरबाट प्युठानकाे खलंगा अाउँदै थियाे । ना ४ ख १८७६ नम्बरको महाकाली यातयातकाे रात्रि बस प्युठानकाे बडडाँडा नजिक दुर्घटना भएकाे हाे । दुर्घटनामा परी गाडी चालककाे समेत मृत्यु भएकाे छ । चालक कैलाली चौमालाका विर बहादुर थारु रहेकाे पुष्टि भएकाे हाे । अहिले घाइतेहरूकाे उद्धार कार्य जारी रहेकाे छ ।

LIVE TV