३० बैशाख २०७५, आईतवार

एजेन्सी :

स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले शानदार जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा रियलले सेल्टा डी भिगोमाथि ६ गाेलकाे अन्तरले शानदार जित निकालेकाे हाे ।

पहिलाे र दोस्रो हाफ ३/३ गाेल गर्दै रियलले कुल ६ गाेल प्रहार गर्याे । खेलकाे १३ औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाति अग्रता दिलाएका ग्यारेथ बेलले कुल दुई गाेल गरे । यस्तै इस्को, आक्रफ हाकिमी र टोनी क्रसले एक/एक गोल गरेका थिए ।  क्रसले ८१ औँ मिनेटमा लिएकाे गोलसँगै  रियल ६–० काे फराकिलाे हात पार्न सफल भयाे ।

तर सेल्टाका सेर्गी  गोमेजले भने एक आत्मघाती गोल गरे । यसबाहेक सेल्टा डी भिगाेले कुनै गाेल गर्न सकेन ।

यो खेलमा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले भने चोटका कारण खेल्न पाएनन् ।

यस्तै, शनिबारकै खेलमा रियल सोसिडाडले लेगानेसलाई ३–२, एलाभेसले एथ्लेटिको बिल्बाओलाई ३–१ तथा भिल्लारियलले डिप्रोटिभो डी ला कोरुनालाई ४–२ ले हराएकाे छ ।

LIVE TV