३० बैशाख २०७५, आईतवार

वासिङटन । अमेरिकाले उत्तर कोरियाली अर्थतन्त्रको पुनःविकासमा सघाउने भएको छ । तर कोरियाले आफ्ना पारमाणविक अस्त्रहरू परित्याग गर्न पर्ने अमेरिकाको माग छ ।

अन्तराष्ट्रिय समाचारका अनुसार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले यस कार्यमा दक्षिण कोरियाले पनि सघाउने जानकारी दिएको जनाइएको छ ।

हालै उत्तर कोरियाको भ्रमण गरेर र्फकेका विदेशमन्त्री माइकले उत्तर कोरियाको भ्रमणका क्रममा त्यहाँका नेता किम जोङ उनसँग सौहार्दपूर्ण वार्ता भएको बताएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच अगामी जुन १२ मा सिंगापुरमा शिखर बैठक हुने तय भएको छ ।

यसअघि उत्तर र दक्षिण कोरियाबीच गत अप्रिलमा भएका महत्वपूर्ण वार्ताहरूपछि ट्रम्प र किमले शिखर बैठकबारे घोषणा गर्नु भएको थियो । यसअघि एकअर्कामाथि कडा आरोप प्रत्यारोप गर्ने गरेका दुई देशबीचको भेटवार्ता हुनलागेको हो ।

LIVE TV