२९ बैशाख २०७५, शनिबार

काठमाडौं । दिल्ली डेयरडेबिल्सबाट इन्डियन प्रिमियर लिग आईपीएलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बलिङ गर्ने मौका पाएका छन् । दिल्लीको १२ औं खेलमा बिराट कोहलीको टीम रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध लेग स्पिनर लामिछानेले खेल्न पाएका हुन् ।

अहिले टस हारेको दिल्लीले ब्याटिङ गरिरहेको छ । यसअघिका ११ खेलमा दिल्लीले सन्दीपलाई मैदानमा उतारेको थिएन । सन्दीपलाई दिल्लीले अक्सनबाट २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।

आइपिएलमा संदीपले डेब्यु गरिहँदा २ दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आजै सन्दीपको चर्चासमेत गर्न भ्याएका थिए ।
संदीपले आजको खेलसहित अब बाँकी ३ खेल खेल्न पाउने छ ।

 

LIVE TV