२९ बैशाख २०७५, शनिबार

एजेन्सी । कान्स फिल्म फेस्टिवलको धुम जारी छ । जहँ बलिउड अभिनेत्रीहरुले पनि उपस्थिती जनाएका छन् । शुक्रबार अभिनेत्री दीपिका पादुकोणले कान्स फिल्म महोत्सवमा आफ्नो प्रत्येक अन्दाजमा सबैको नजर जित्न सफल हुँदै चर्चामा रहेकी छन् । फोटोग्राफरहरु पनि उनकै पछि क्यामेरा चलाईरहेका छन् ।

दीपिकाको कान्स फिल्म महोत्सबबाट सार्वजनिक भएका तस्वीरहरुमा उनी निकै सुन्दरी देखिएकी छन् । उनी निकै स्टनिङ अवतारमा देखिएकी छन् । चाहे उनको आउटफिट पहिरन किन नहोस्, सबै भन्दा बढी कमाल गरेकी छन् ।

पिंक कलरको आउटफिटमा दीपिका कुनै भिक्टोरियन रानी जस्तै देखिएकी छन् । दीपिकाले ती तस्वीरहरु सोसल मिडियामा सेयर गर्दै ‘सपना साँचो हन्छ’ भन्दै क्याप्शन दिएकी छन् ।

यसका साथै उनले छोटो भिडियो पनि सेयर गरेकी छन् । जहाँ उनी निकै सुन्दरी देखिएकी छन्, भने पिंक कलरको आउटफिटमा सजिएकी छन् ।

 

??? #Cannes2018

A post shared by Deepika Padukone (@deepikapadukone) on

कान्स फिल्म महोत्सवमा बलिउडबाट अभिनेत्री दीपिकाको साथमा मल्लिका सेरावत, कंगना रानौत, हुमा कुरैसी लगाएतले आफ्नो जवर्दस्त उपस्थिती जनाएका छन् । यो महोत्सव १९ मे २०१८ सम्म चल्नेछ ।

 

LIVE TV