२९ बैशाख २०७५, शनिबार

काठमाडाैँ । मौसमीको रसमा भिटामिन सि र पोटासियमको भरपुर मात्रा पाईन्छ । मिठो स्वाद हुने मौसमीको जुस नेपालमा पनि लोकप्रिय जुस बनेकाे छ ।

मौसमीमा फाईभर पनि पाइन्छ । मौसमी हाम्रो स्वस्थ्यको लागि निकै फाइदाजनक रहेको छ । आज हामीले तपाईलाई मौसमीको जुसको सेवन गर्दा स्वस्थ्यमा हुने फाईदाहरुको बारेमा बताउँदै छौं ।

पाचन क्रियाको लागि मौसमीको जुस निकै लाभदायक मानिन्छ । आफ्नो मिठो गन्ध र एसिडका मात्रा हुने मौसमीको जुसले पाचन क्रियाको लागि मदत गर्छ । मौसमीको जुसको सेवनले पेटमा भएको धेरै प्रकारको रोगहरुको इलाज गर्न पनि मदत गर्छ ।

मौसमीको जुसको सेवनले स्कर्वी रोगको लागि पनि फाइदाजनक मानिन्छ । स्कर्वी रोग भिटामिन सी को कमिको कारण लाग्ने रोग हो । त्यसैले मौसमीको जुसमा भिटामिन सी पाईन्छ ।

मौसमीको जुस डाइबिटिज भएको ब्यक्तिलाई निकै फाइदाजनक मानिन्छ । दुई चम्चा मौसमीको जुस, चार चम्चा अमलाको जुस र एक चम्चा शहदको साथमा खालीपेटमा पिउँदा स्वस्थ्यलाई निकै फाइदा पुग्छ ।

हाम्रो आँखाको नानीको लागि पनि मौसमी फाइदा जनक छ । पानीमा मौसमीको जुस घोलेर आँखा धुनाले विभिन्न प्रकारको इन्फेक्शनबाट बचाउन सकिन्छ ।

गर्भवती महिलाको लागि मौसमीको जुस निकै फाइदाजनक मानिन्छ । यो आमा र बच्चा दुवैको लागि फाईदा जनक मानिन्छ ।

 

LIVE TV