२९ बैशाख २०७५, शनिबार

उदयपुर गोल्डकपको पाँचौ संस्करण सुरु, उद्घाटन खेलमा झापा एघारले साविक विजेता रुपन्देही एघारलाई एक शून्यले निराश पा¥यो

  • विश्वराज तामाङ,

उदयपुर । उदयपुरमा शनिबारदेखि सुरु भएको पाँचौ उदयपुर गोल्डकपको पहिलो खेलमा रमपम झापा ११ विजयी भएको छ । साविक विजेता रुपन्देही ११ लाई एक शुन्य गोल अन्तरले पराजित गर्दै झापा विजयी भएको हो ।

प्रतियोगिताको निर्धारित समयमा निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । दुवै टोलीले गोल गर्ने थुप्रै अवसर पाए पनि गोलमा परिणत गर्न भने सकेन । प्रतियोगिताको दोस्रो हाफको ३४ औ मिनेटमा झापका लागि कर्ण लिम्बुले गरेको एक मात्र गोलले झापा विजयी भएको हो ।

जितसंगै झापा खेलको सेमिफाईनलमा प्रवेश गरेको छ, खेलको म्यान अफ दि म्याच झापाका छिरिङ गुरुङ घोषित भए । उनलाई चौदण्डिगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले नगद ७ हजार सहित पुरस्कृत गर्नुभएको थियो ।

प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले उद्घाटन गर्नु भएको प्रतियोगिताको दोस्रो खेल आईतबार आयोजक उदयपुर ११ र मनाङ मस्र्याङदी क्बलबीच हुने छ ।

ए डिभिजनका तीन सहित आठ समुहले सहभागीता जनाएको प्रतियोगीता आगामी जेठ ५ गते सम्म संचालन हुने छ । प्रतियोगीताको विजयीले नगद पाँच लाख र उप विजेताले तीन लाख पुरस्कार पाउने छन् ।

LIVE TV