२९ बैशाख २०७५, शनिबार

मैथलवासीद्वारा राजनीतिक पात्र भन्दा विशिष्ठ पाहुनाकोरुपमा भारतीय प्रधानमन्त्री मोदीको स्वागत, मैथल क्षेत्रले मोदी मस्तिष्कलाई सांस्कृतिक अवयवले अचम्मित बनायो

काठमाडौं । जनकपुरधामा यसपटक जनजनमा अतिथि स्वागतको हतारो र हतोत्साहित भावना दुवै एकैपटक नै देखियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएपछि प्रदेश सरकारलाई स्वागतको चटारो , जनक सन्ततिहरुमा सभ्यताको सबलता देखाउने हतारो थियो । यो चासोको अधिकचर्चा चौतर्फी थियो मैथल सभ्यताको केन्द्रमा । र नेपालभरि । तर यसमा नै राजनीतिक स्वार्थप्रतिको रुची बढको देखेर दिक्क मान्नेहरु पनि भेटिए ।

मैथल क्षेत्रले मोदी मस्तिष्कलाई साँस्कृतिक अवयवले अच्चमित बनाउने प्रयास गर्यो । राजनीतिक आग्रह र पूर्वाग्रह कसैलाई थियो होला तर बहुसंख्यक मैथलबासी सम्भयता र संस्कारको सम्पन्नता देखाउने चाहें । उनीहरु मोदीलाई राजनीतिक पात्र भन्दा एक पाहुनाका रुपमा स्वागत गर्न खोजेको बताए ।

बास्तवमा अतिथि देवो भवः यसको गरिमामा उनीहरुले आफ्नो पनि गौरव देखे । मैथल सभ्यताको केन्द्र जनकपुरबाट सभ्यता परिचयमा अझ शोभा बढाए पनि । यो धार्मिक र साँस्कृतिक पक्षको विशिष्ट शैलीलाई झल्काउने खालको थियो । तर परिवर्तन पाहुना आउँदा बडो गजबको देखे उनीहरुले । यसले खुशी कम दुःख बढी लाग्यो उनीहरुलाई । सिङ्गो नेपाल नै भारतप्रति लम्पसार परेको पीडा ओकले उनीहरुले ।

मोदी जनकपुर मन्दिरमा प्रवेश गर्नु पूर्व बाह्रविघास्थित मूख्य प्रवेशद्धार अगाडि कुचीकारहरु हतार हतारमा यसरी सरसफाई गरिरहेका थिए । यो सडक त्यहि सडक थियो जुन जानकी मन्दिरसम्म पुग्दथ्यो ,जुन भर्खर कालो पत्रे गरेर मर्मत गरिएको थियो । हामीले सोध्यौ पाहुना आउँदा मात्रै परिवर्तन ? उनीहरु पनि भन्दै थिए बास्तवमा जनकपुर सधै यस्तो हुनुपर्दथ्यो ।

साँस्कृतिक सम्पन्नताले शिखर चुमेको शहरले फोहरको डंगुर पन्छाउन नसकिरहेको तीतो सत्य छ । राज्यले आफैं एक्लै नसक्ने भएकाले जनचासो पनि खाँचो आवश्यक भएको त भन्नै परेन । तर गरे हुँदो रहेछ यसपटक देखियो । भारतीय प्रधानमन्त्री मोदी तीर्थाटनकालागि आएको बताइरहँदा प्रदेश नं २ का मुख्यमन्त्रीले घर कलहको कहर सुनाए ।

यो राजनीतिक मनको बह थियो । बगाए । मोदी मन भिज्यो कि भिजेन थाहा छैन तर यो भने पक्कै थाहा पायो भारतीय भरथेग अझै चाँहिदो रहेछ । राजनीतकरुपमा अधिनस्थ हुन चाहने र खोज्ने समूहलाई भने यहाँको वैभवयुक्त सभ्यताको प्रर्दशनले फिक्का बनाउने प्रयास गरेको देखियो । सायद जनकपुरले जित्यो पनि यसैले किनकी जानकी बिना राम अधुरो भएको सत्य मोदीले नै स्वीकार गरेर फर्किए ।

LIVE TV