२९ बैशाख २०७५, शनिबार

तरकारीको पकेट क्षेत्र मानिएको काभ्रेको पनौतीमा असिनापानीले ३० करोड बढीको क्षति पु¥यायो, फुल्दै गरेका काक्रा ढल्दा आलु बारीमै कुहिने पिरलो

  • केशवराज पौडेल,

काभ्रे । तरकारी उत्पादनका लागि पकेट क्षेत्र मानिएको काभ्रेको पनौतीमा बिहीवार परेको असिना पानीले करोडौको क्षति पुगेको छ । भर्खरै उत्पादन हुन थालेको तरकारीको बोटमा असिनाले क्षति पु¥याएपछि उनीहरु समस्यामा परेका छन् ।

बारीमा काक्रा लटरम्म फुल्न थालेपछि छोराछोरीको बोर्डिङमा भर्ना गरिदिने सोच मनमनै पाल्दै बारी गोडमेल गर्दै आएकी गोमा सापकोटाको सपना सपनामा नै सीमित बनेको छ ।

परम्परागत खेतीपातीवाट राम्रो आम्दानी गर्न नसकेपछि पाँच बर्षअघिवाट ¥यालेका किसानले व्यवसायिकरुपमा काक्रो, करेला, खुसार्नी, घिरौला,चिचिन्डो लगायतका तरकारीको व्यावसायिक खेती गर्दै आएका थिए । पनौतीको बडा नं १,२,३,४ र १२ का १ हजार ६ सय परिवार तरकारी खेतीमा आश्रित रहँदै आएका छन् । बिहीवार परेको हावाहुरीसँगैको असिनाले आम्दानीको प्रमुख श्रोतको रुपमा रहेको तरकारी खेतीमा ३० करोडको भन्दा धेरै क्षति पु¥याएको पनौती नगरपालिका वडा नं १ वडाध्यक्ष गुणनाथ सापकोटाले बताउनुभयो ।

असिना पानीले तरकारी, आलु, खाद्यान्नमात्रै ३० करोडको क्षति पुगेको अनुमान गरिएको छ । आलु भित्र्याउने समयमा परेको असिनाको कारणले आलु खेतमै कुहिने त्रासमा छन् किसानहरु । पाकेको पहेलपुर गँहुमा एक गेडा पनि दाना नभएको किसानहरुको दुखेसो छ ।

यस्तै सुन्तला खेती गरिरहेका किसानले समेत करोडौं रुपैया नोक्सानी व्यहोर्नु पर्ने भएको छ । असिना पानीले सुन्तलाको फूल तथा ससाना चिचिलाहरु नष्ट गरेसंगै किसानहरु चिन्तित बनेका छन् । किसानहरुले राहतका लागि सरकारसंग माग गरेका छन् ।

 

LIVE TV