२९ बैशाख २०७५, शनिबार

यातायात व्यवस्था सेवा कार्यालयहरुबाट पनि सवारी चालक अनुमति पत्र स्मार्ट लाइसेन्सको नवीकरण सुरु, मुलुकका नौ यातायात सेवा कार्यालयहरुमा सेवा विस्तार

  • तारा आचार्य,

मोरङ । यातायात व्यवस्था विभागले यातायात व्यवस्था सेवा कार्यालयहरुबाट पनि सवारी चालक अनुमति पत्र स्मार्ट लाइसेन्सको नवीकरण गर्ने कार्य शुरु गरेको छ ।

विराटनगर स्थित यातायात व्यवस्था सेवा कार्यालयबाट पहिलो पटक उपत्यका बाहिर यो सेवा शुरु गरिएको हो । शनिवार विराटनगरमा आयोजित एक कार्यक्रम बीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सो सेवाको शुभारम्भ गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पण्डितले सेवाग्राहीलाई सरल र सहज रुपमा सरकारी सेवा उपलब्ध गराउन सरकारले विभिन्न कदम चालिरहेको जानकारी दिनुभयो ।

यातायात व्यवस्था कार्यालयहरुमा रहेको चाप घटाउन सरकारले चार वर्ष अघि मुलुकभर ९ वटा यातायात व्यवस्था कार्यालयका सेवा कार्यालयहरु विस्तार गरेको थियो । ती सेवा कार्यालयहरुबाट ब्ल्यु बुक नवीकरण, पटके अनुमति, ब्ल्युबुक वार्षिक सवारी कर, पटके सवारी कर, जाँचपास र बाटो इजाजत पत्र लगायतका सेवाहरु दिदै आएको छ ।

LIVE TV