२९ बैशाख २०७५, शनिबार
  • मनोज भुजेल

सुनसरी । नेपालको पहिलो भैसी सुन्दरीको उपाधि हिराले पाएकी छिन । इटहरीमा आयोजना गरिएको भैसी सुन्दरी प्रतियोगिता ३८ जना भैसीलाई उछिन्दै मिठुमाया कार्कीले पालन गरेको हिरा नाम गरेको भैसीले उपाधि जितेको हो ।

बातावरण तथा पर्यावरण संरक्षण केन्द्र इटहरीले आयोजना गरेको प्रतियोगितामा हिराले ११ हजार रुपैयाँ नगद सहित निःशु्ल्क वीमाको अवसर समेत प्राप्त गरेकी छिन । भैसी पालक किसानहरुलाई प्रोसाहन गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगितामा नरबहादुर कार्कीले पालन गरेको चम्पा नामको भैसीले दोस्रो उपाधिसहित ९ हजार तथा तेस्रो हुने किसान बेधनिधि दाहालको काली नामकी भैसीले ५ हजार रुपैयाँ पुरस्कार पाएका छन ।

यस्तै किसान हरिप्रसाद नेपालको काली नाम गरेकै भैसीले ३५ सय रुपैयाँ तथा पाँचौ हुने किसान नारायणबहादुर बुढाथोकीको काली नामकै भेसीले २५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन । प्रतियोगितामा बिजयी सबै भैसीको आयोजकले बीमाको अवसर समेत उपलब्ध गराएको छ ।

प्रतियोगितालाई राष्ट्रिय भैसी अनुसन्धान केन्दैका भैसी वैज्ञानिक पवनकुमार झा, जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. शिवनाथ महतो डा. विष्णुप्रसाद कुशवाहा र प्राविधिक राजेश पौडेलको निर्णायक टोलीले भैसी जाँच गरी सुन्दरी प्रतियोगितामा ल्याईएका भैसीको श्रेष्ठता मापन गरेको थियो ।

LIVE TV