२९ बैशाख २०७५, शनिबार

काठमाडौं । दुई दिने राजकीय भ्रमणको क्रममा काठमाडौंमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीलाई काठमाडौंमा नागरिक अभिनन्दन गरिएको छ ।

काठमडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीलाई अभिनन्दन गरेका हुन् ।

यसै नागरिक अभिनन्दनको अवसरमा मोदीलाई शान्तिको प्रतिक बुद्धको ५५ किलोको मुर्ति पनि उपहार दिइयो ।

अभिनन्दनपछि मोदीले सम्बोधन गरेका छन् । मोदीले सम्बोधन गर्दै मोदीले काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा मोदीले सुरुको दुई नेपाल भ्रमणमा आउँदा पशुपतिनाथको दर्शन गरेको बताए भने यस पटक आउँदा जनकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न पाउँनु आफ्नो सौभाग्य रहेको बताए ।

साथै भोदीले आफ्नो कुरा राख्दै भने, ‘समय मिलाएर गौतम बुद्धको जन्मस्थल लुम्बिनी जान्छु ।’

LIVE TV