२९ बैशाख २०७५, शनिबार

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको विरोध गरेको भन्दै काठमाडौंबाट ५० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंका विभिन्न ठाउँहरुबाट नेकपा क्रान्तिकारी र ग्रेटर नेपालका कार्यकर्ताहरु पक्राउ गरिएको प्रहरीले जानकारी गराएका छन् ।

रत्नपार्कबाट मोदीको विरोध गर्न लाग्दा नेकपा क्रान्तिकारीका नेता सीपी गजुरेल लगाएत अन्य २९ जनालाई नियन्त्रणमा लिईएको जनाईएको छ, भने विवेकशील साझाका ८ जना कार्यकर्ता पक्राउ परेका जानकारी गराईएको छ ।

LIVE TV