२९ बैशाख २०७५, शनिबार

एजेन्सी । अभिनेता सलमान खान र अभिनेत्री क्याट्रिना कैफले आफ्नो सम्बन्धको बारेमा खुलेर कहिल्यै स्वीकार गरेनन् । तर यी दुवै एक ओपन सेक्रेटका रिलेशनसिपमा थिए ।

अभिनेत्री क्याट्रिना २००७ मा फिल्मकर्मी करण जोहरको शो ‘कफी विद करण’ मा पुगेकी थिईन् । यसै शो मार्फत फिल्मकर्मी करणले अभिनेत्री क्याट्रिनालाई सोधेका थिए, जहाँ यस शोमा करणले क्याट्रिनालाई सलमानसँग जोडिएको एउटा प्रश्न सोधेका थिए ।

करणले आफ्नो शोमा क्याट्रिनालाई यदि सलमानले प्रपोज गरेमा उनको जवाफ के हुनेछ भन्ने प्रश्न गरेका थिए । सलमान र क्याट्रिनाको रिलेसनशिपको समाचारले चर्चा मच्चाईरहेको समयमा करणले आफ्नो कार्यक्रममा क्यट्रिनालाई यस्तो प्रश्न गरेका थिए ।

करणको यस्तो प्रश्नले क्याट्रिना निरुत्तर बनेकी थिईन्, भने केही समयपछि उनले भनिन्, ‘यो कुनै ¥यापिड फायर होइन । यस्तो प्रश्न गर्नु गलत हो । यो पुरै बेईमानी हो ।’ यस्तो प्रतिकृया दिदै क्याट्रिनाले करणको पश्नलाई बिरोध पनि गरेकी थिईन् ।

चर्चामा आए अनुसार सलमान र क्याट्रिना करिब चार वर्षसम्म एक अर्कालाई डेट गरेका थिए । तर २००९ मा आएर सलमान र क्याट्रिनाको रिलेसनशिपमा पुर्णबिराम लागेको थियो ।

सलमान र क्याट्रिना आफ्नो सम्बन्धमा पुर्णबिराम लगाएपनि एक अर्काप्रति टचमै रहँदै आएका छन् । यो वर्ष यो जोडीको फिल्म ‘टाईगर जिन्दा है’ रिलिजमा आएको थियो । यो फिल्मले बक्स अफिसमा पनि राम्रो कलेक्शन गरेको थियो ।

LIVE TV