२९ बैशाख २०७५, शनिबार

काठमाडौं । पछिल्लो केहि दिनयता अभिनेता सबिन श्रेष्ठ र अनु शाहबीचको विवाहको समाचारले नेपाली फिल्म बजार तातेको छ । समाचारहरुमा उनीहरुबीच कानुनी विवाह भएको खबर आईरहेको छ ।

यस्ते समाचार आइरहँदा सबिन र अनु दुवैले आफुहरुबीच कुनै पनि किसिमको विवाह नभएको बताएका छन् ।

कमलपोखरीमा अभिनेता सबिन श्रेष्ठको ‘स्टाइल मोबाइल’को ओपनिङ समारोहमा अभिनेत्री शिल्पा पोखरेल र अनु शाह पनि पुगेका थिए ।

उनीहरुले संयुक्त रुपमा ‘स्टाइल मोबाइल’को उद्घाटन गरेका छन् । यसै मौकामा अनु र सबिन सँग बिहेको बारेमा गरिएको कुराकानीमा सविन र अनुले मिडियाहरुमा आएको सो समाचारको खण्डन गर्दै आफुहरुको कुनै पनि विहे नभएको बताएका हुन् ।

 

LIVE TV