२९ बैशाख २०७५, शनिबार

काठमाडाैं । नेपालको दुर्इदिने धार्मिक भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार जनकपुरकाे जानकी मन्दिरमा षाेडषाेपचार विधिद्वारा विशेष पूजा गरे । शनिबार बिहानै मुस्ताङकाे मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गरे भने शनिबारै दिउँसाे काठमाडाैंस्थित पशुपतिनाथमा पूजा गरे ।

मोदीले धार्मिक परम्पराअनुसार पहिले पशुपतिस्थित वासुकीनाथ मन्दिरमा ११ सय रुपैयाँको विशेष र त्यसपछि पशुपतिनाथ मन्दिरमा ५१ सय रुपैयाँको विशेष पूजा गरेका हुन् । यी दुवै पूजाका सकेपछि पर्यटन तथा सँस्कृति मन्त्री रवीन्द्र अधिकारीले मोदीलाई पशुपतिनाथको प्रतिमा उपहार स्वरुप दिएर बिदाई गरेका छन् । मुस्ताङमा भने मोदीलाई पुजारी कृष्णप्रसाद सुवेदी र झुमा कर्साङ गुरुङले मन्दिरभित्र करीब २० मिनेट षाेडषाेपचार विधिद्वारा पूजा गराएका थिए ।

दुर्इ दिनसम्म नेपालमा रहँदा उनकाे भ्रमण राजनीतिक भन्दा धार्मिक (धार्मिक पर्यटकीय) देखियाे ।

हेर्नुहाेस्, माेदीकाे जानकी मन्दिरदेखि पशुपतिनाथसम्मका तस्वीरहरू 

१) जानकी मन्दिरमा 

 

२) मुक्तिनाथमा

 

३) पशुपतिनाथमा 

तस्वीर ः न्युज २४ र रासस

 

LIVE TV