२९ बैशाख २०७५, शनिबार

कविता

‘मलाई के बाल’

खै तिमी आफूलाई किन
कम्जोर ठान्दछौ ?
तिमीलाई त मान्छेहरूले
धर्ती भनेर उहेले देखि नै ब्यख्या
गरी सकेका पो छन् त हैन र ?

अरे माटो नभएको
बालुवानै बालुवा भएको धर्ती
जस्लाइ मरुभूमि भनिन्छ ।
त्यसमा पनि त सिउडी नाचेका छन्  ।
तिमी त मलिलो माटो
र प्राङ्गगारिक मलले सोधिएका उर्वर
तिम्रो मनमा सबै भन्दा हरियो बोट
अनि सुन्दर फुल
गुलाब किन फुलेन मेरो लागि ?

आफूलाई एक कठोर
र काँडाको रूपमा परिभाषित त गर्ने तिमी
यो कहिल्यै बुझिनौ ।
कुनै फुल फुल्नु भन्दा पहिला
काँडाहरुको नै जन्म हुन्छ ता कि
तिमी सुरक्षित रहिरहु ।
याद गर काँडाले हात छेडेको छ ।
खुन निकालेको छ  ।
तर फुलले त मान्छे मारेको छ जिउँदै
आखिर कठोरको
फुल या काँडा ?

आफू भित्र को आफू फरक छ
प्रेम बुझ्दैन भन्दै
बसेर हुन्छ ?
बगरहरूमा बालुवाभित्रका
कणहरू नै बढी चम्किन्छन
चम्क चम्क
त्यसरी सेतो चम्किलो धातु
किन चम्किएन मेरो लागि
भित्र र बाहिर बाट ?

आफूलाई पूर्ण विद्वान ठान्ने
यी पढेलेखेका अपवाद बाहेकका
माहामुर्ख हरूले
छरेको धमिलो रोशनमा
तिमी पनि हराएर
चम्किन छोड्छौ भने छोड
मलाई के बाल ।।

के आर पाण्डुलिपि
पन्चपुरी न पा ५ सुर्खेत

LIVE TV