२९ बैशाख २०७५, शनिबार

काठमाडौं । दुईदिने नेपाल भ्रमणमा अाएका आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बिहान पशुपतिनाथको मन्दिरमा विशेष पूजा गर्दैछन्।

मोदी पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजा अर्चनाका लागि पूर्वनिर्धारित समयभन्दा १ घण्टा ढिलोगरी त्यहाँ पुगेका हुन् ।

आज बिहान काठमाडौंबाट मुक्तिनाथ पुगी विशेष पूजा गरेका मोदीले त्यहाँबाट फर्किएर पशुपतिमा पनि पूजा गर्ने कार्यक्रम तय भएको थियो।

२ दिने भ्रमणका लागि शुक्रबार नेपाल आइपुगेका मोदीलाई यसपछि काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्दैछ । त्यसपश्चात माेदी अाजै स्वदेश फर्किने कार्यक्रम रहेकाे छ ।

 

LIVE TV