२९ बैशाख २०७५, शनिबार

मुस्ताङ । नेपालको २ दिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिर पुगेका छन् । माेदी हेलिकप्टरमार्फत आज बिहान मुस्ताङ प्रसथान गरेका थिए ।

मोदीलाई प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ स्वागत गरेका छन् । उनलाई अतिथि कक्षसम्म रातो कार्पेट ओछ्याएर स्वागत गरिएको थियो । मोदीको स्वागतका लागि स्थानीयवासी परम्परागत वेशभूषासहित उपस्थित भएका छन्।

मोदीले मुक्तिनाथ मन्दिरमा करिब २५ मिनेट पूजा गर्ने कार्यक्रम रहेको छ भने त्यसपछि बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्ष र जिल्ला समन्वय समितिका सभापतिले कालीगण्डकी नदीको शालिग्राम मोदीलाई उपहार दिनेछन् ।

मुस्ताङमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको प्रहरीले जनाएको छ । मुक्तिनाथ परिसर तल रहेको रानीपौवा बजारदेखि नै सुरक्षा जाँच कडा पारिएको छ । मुस्ताङी जनताहरुले मोदीको स्वागतका लागि मुक्तिनाथ मन्दिर क्षेत्र, सडक, र बजार क्षेत्रलाई तुल ब्यानरले झकिझकाउ समेत पारेका छन् ।

 

LIVE TV