२९ बैशाख २०७५, शनिबार

धनकुटा । धनकुटामा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । शुक्रवार धरान–धनकुटा सडकखण्ड अन्तर्गत स्कुलडाँडा नजिक दुर्घटना भएको हो ।

प्रहरीका अनुसार धरानबाट संखुवासभाको आँखिभुईंतर्फ जाँदै गरेको को१ख २५३० नम्बरको बस बिहान साढे ११ बजे धनकुटा नगरपालिका–३ को स्कुलडाँडा नजिकैको सडकमा पल्टिएर दुर्घटना भएको हो ।

घाइते हुनेमा संखुवासभाको धर्मदेवी नगरपालिकाका धनबहादुर जिमी, बोचुमबहादुर जिमी, विमला कार्की, अमरबहादुर कार्की, अमृतकुमार नेपाल, शंकर खड्का, धनकुटा नगरपालिका ५ का दिप्ती श्रेष्ठ, निलम श्रेष्ठ, किरण मास्के, ११ महिनाका रुक्सन श्रेष्ठ, धनकुटा ७ का चन्द्रबहादुर तामाङ, जगत राई रहेका छन् ।

यसै गरी पाख्रिबास नगरपालिका १० का पदमबहादुर राई, ४ का गणेशबहादुर बस्नेत, सहिदभूमि गाउँपालिकाका सजना राई, ईटहरी ७ का अञ्जु बस्नेत र धरान १५ का सुनिल भुजेल घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये सातजनाको अवस्था गम्भीर रहेको छ ।

LIVE TV