२९ बैशाख २०७५, शनिबार

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध राजनीतिक र कूटनीतिक मात्र नभएर देवनीतिका आधारमा नै स्थापित भएको बताएका छन् ।

रंगभूमि मैदान बाह्रबिघामा जनकपुर उपमहानगरपालिकाले शुक्रबार दिउँसो गरेको नागरिक अभिनन्दन लिएपछि प्रधानमन्त्री मोदीले नेपालबिना भारत अधुरो रहेको बताए । उनले भने, ‘नेपालबिना भारतको आस्था अधुरो हुन्छ, विश्वास अधुरो हुन्छ र इतिहास अधुरो हुन्छ । नेपालबिना भारतका धाम पनि अधुरा हुन्छन्, राम पनि अधुरा हुन्छन् । माता सीताको कुर्सी रामको अयोध्यायले पाउने अहोभाग्यका कारण भारतले पूर्णता पाएको थियो ।’ यो खबर आजाको राजधानी दैनिकले छापेको छ ।

असल छिमेकीको संकटमा सहयोग गर्ने नै महान् छिमेकी हुने बताएका मोदीले भने, ‘जो मित्रको दुःखमा दुःखी हुँदैन, उसलाई देख्दा पाप लाग्छ, आफ्नो दुःख पहाडजत्रो छ भने पनि महत्व नदिने र मित्रको सानो दुःखलाई पनि पर्वत जत्रो मानेर सहयोग गर्ने असल मित्र हो ।’

 

LIVE TV