२९ बैशाख २०७५, शनिबार

वि.सं. २०७५ साल वैशाख २९ गते। शनिबार। इश्वी सन् २०१८ मे १२ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– द्वादशी, २०:४७ बजेउप्रान्त त्रयोदशी। नक्षत्र– उत्तरभाद्रपदा, ११:४४ बजेउप्रान्त रेवती। योग– विष्कम्भ, १०:४६ बजेउप्रान्त प्रीति। करण– कौलव, ८:५२ बजेदेखि तैतिल, २०:४७ बजेउप्रान्त गर। आनन्दादिमा धूम्र योग। चन्द्रराशि– मीन। काठमाडौँमा सूर्योदय– ५:१९ बजे, सूर्यास्त– १८:४३ बजे र दिनमान ३३ घडी ३० पला। पञ्चक। विश्व नर्स दिवस ।

मेष(चू,चे,चो,ला,लिई,लू,ले,लो,अ) : खर्च बढ्नुका साथै आर्थिक सङ्कटको सामना गर्नुपला । अनावश्यक काममा समय बित्नेछ। व्यावसायिक काममा पनि लगानीको समय छ। विदेश भ्रमण वा वैदेशिक क्षेत्रबाट लाभ उठ्न सक्छ। भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ। आश्वासन दिनेहरूले यथार्थमा सहयोग नजुटाउलान्। आफन्त तथा अग्रज सँग सानो सानो कुरामा विवाद सिर्जना हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,बि,वू,वे,वा) : काम गर्दिन्छन् कि भनेर अरूको आशा नगर्नुहोला । व्यापारमा प्रशस्त समय खर्चिए पनि उचित मूल्य पाइने छैन । अर्थ अभावले कामहरू प्रभावित हुनेछन् । बुवा तथा बुवा सरहका व्याक्तिहरुकको धन सम्पत्ति प्रयोग गर्दा ख्याल गर्नुहोला । आफन्त तथा दाजुभाइ सँग सामान्य कुरामा मनमुटाव बढ्ने योग रहेको छ भने अध्ययनमा सफलता प्राप्त गर्न निकै समय खर्चिनु पर्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइनेछ । नयाँ काम पाउने तथा व्यापारमा प्रशस्त आम्दानी हुने हुँदा आर्थिक स्थिति सुदृड हुनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । प्रणण सम्बन्धको डोरो कसिलो भएर जानेछ । पैतृक सम्पत्ति तथा सरकारी सम्पत्तिको प्रयोग गर्न पाइने हुँदा मन प्रसन्न हुनेछ ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) : साथीभाइ तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने भए पनि विफल हुँने ग्रहयोग रहेको छ । स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । गोप्य सूचनाहरू बहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । प्रशासनिक क्षेत्रमा तपाईँको निम्न स्तरको सहभागिता रहनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुँनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउँनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरू साघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : माया प्रेममा एक अर्कालाई शङ्काको दृष्टिले हेदा मनमुटाव सिर्जना हुनेछ भने दाम्पत्य जीवनमा चिसोपनाको विकास हुन सक्छ ध्यान दिनुहोला । यात्रामा सोचेजस्तो सफलता पाउन कठिन रहेको छ । व्पापारमा समय दिन नसक्दा वा ध्यान नदिँदा घाटा लाग्न सक्छ । साझेदारी व्यावसाय सकभर आजको दिन सुरु नगर्नु होला । बिलाशि बस्तुको प्रयोग गर्न पाइने भए पनि बढिनै उत्साहित हुँदा नकारात्मक परिणाम देखा पर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : कुनै पनि प्रतिस्पर्धामा तपाईँको नमः अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तहरू सँग भेट घाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरू बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेको छ । पुराना ऋण तथा रोगबाट छुटकारा पाइने समय रहेको छ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाइनेछ ।

बृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) : सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुँनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउँनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरू साघुरिनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,डा,भे) : अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अलि बढिनै मेहनेत गर्नु पर्नेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुँनाले सुधारात्मक काम गर्न सहयोग हुँनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानी हुँनेछ । सामाजिक काममा समय दिनु पर्नेछ भने तपाईँको काम देखि सबै खुसी हुनेछन् । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधारण सँग सन्तुतिल व्यवहार गर्नुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : उद्योग तथा व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाई लेखाइमा भनेजस्तो नदिला हात पार्न सकिने हुँदा दाजुभाइ तथा आफन्तहरू खुसी हुनेछन् । विवाद तथा न्यायिक निर्णयहरू तपाइकै पक्षमा आउने हुनाले मन प्रसन्न रहनेछ । प्रेममा नजिक हुने समय रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सु,से,सो,दा) : विगतका निर्णयले काम बिग्रन सक्छ भने बोल्दा ख्याल नगर्नाले समस्या उत्पन्न हुनेछ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। काम बिग्रने डरले पनि सताइरहनेछ। खनिज पदार्थ तथा अन्य भौतिक सम्पत्तिको व्यापारमा घाटा हुन सक्छ ध्यान दिनुहोला । पढाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : अध्ययन तथा प्रतिस्पर्धामा तपाईँको नाम एकका कदम अगाडि आउनेछ भने प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवीहरूले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेको छ । समय अनुकूल चल्न सकिने हुनाले र व्यापारमा भनेजस्तो आम्दानी हुने हुनादे आर्थिक अवस्था सुदृड रहनेछ । प्रेममा विश्वासको वातावरण सिर्जना हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी गणेश काफ्ले

LIVE TV