२८ बैशाख २०७५, शुक्रबार

काठमाडौं । नेपाल र भारतका दुवै प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन सम्पन्न भएको छ । काठमाडौंको द्वारिकाजमा भएको संयुक्त पत्रकार सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा अरुण तेश्रोको ड्याम साईड निर्माणको शिलान्यस गर्दै सुरु गरिएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै भारतीय प्रधामन्त्री नरेन्द्र दामोदर मोदीले नेपाल आउन पाउँनु आफ्नो सौभाग्य भएको बताएका छन् । उनले नेपाल र भारतको गहिरो सम्बन्ध रहेका बताए । नेपालले सँधै आफ्नो ठानेर स्वागत गरेकोमा प्रधानमन्त्री ओली र नेपाल सरकारलाई धन्याबाद दिए ।

त्यस्तै मोदीले नेपाल र भारतको आपसि सम्बन्ध, गहिरो सम्बन्ध रहेको बताउँदै नेपालले सबै चुनाव सफलता पुर्वक सम्पन्न गरेकोमा बधाई पनि दिएका छन् । उनले नेपालीको जनताको आर्थिक तथा सामाजिक बिकासमा सँधै उन्नती हेर्न चाहेको बताउँदै नेपालीको आकांक्षालाई भारतले समर्थन गर्ने बताएका छन् ।
मोदीले आफु नेपालको राजधानी काठमाडौंमा उभिन पाउनु आफ्नो सौभाग्य रहेका बताए भने नेपालका प्रधामन्त्री केपी शर्मा ओलीको समृद्ध र सुखी नेपाल भन्ने नारालाई समर्थन गर्ने बताएका छन् । साथै आजको कुराकानीमा आफ्नो योजनाहरुको बारेमा प्रधामन्त्री ओलीलाई जानकारी गराएको पनि बताएका छन् ।

यसै पत्रकार सम्मेलनमा बोल्दै भक्तपुरको क्यान्सर अस्पताललाई भारतमा उत्पादन भएको थेरापी मशिन दिने बताउँदै अरुण तेस्रो आयोजनाको शिलान्याश गर्न पाउँदा खुशी लागेको बताए ।

२०१४ मा नेपाल आउँदा पशुपतिनाथ मन्दिरको दर्शन गरेको बताए भने यो वर्ष जानकी मन्दिरको दर्शन गरेको र भोली मुस्ताङमा अवस्थित मुक्तिनाथको दर्शन गर्न पाउनु आफ्नो सौभाग्यको कुरा रहेको बताएका छन् ।

LIVE TV