२८ बैशाख २०७५, शुक्रबार

काठमाडौँ  । उपराष्ट्रपति पुनले भारतीय प्रधानमन्त्रीमार्फत भारतका उपराष्ट्रपतिलाई बधाई तथा शुभकामना दिँदै उचित समय मिलाएर नेपाल भ्रमणका लागि निमन्त्रणासमेत गर्नुभयो ।

उपराष्ट्रपतिसँगको भेटमा भारतीय प्रधानमन्त्रीले नेपालको विकास र समृद्धिका लागि सहयोग गर्न भारत सधैँ तयार रहेको बताउँदै दुई देशबीचको सहकार्यलाई अझै फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो । भारत र नेपालबीच सहकार्य भए जस्तोसुकै काम पनि गर्न सकिने उहाँले बताउनुभयो ।

भारतीय प्रधानमन्त्री मोदीले आफ्नो जनकपुर भ्रमण अत्यन्त सफल र ऐतिहासिक भएको उल्लेख गर्दै नेपाली जनताको उत्साह देखेर आफू थप उत्साहित भएको बताउनुभयो । भारतीय प्रधानमन्त्री मोदीले उपयुक्त समयमा भारतका उपराष्ट्रपतिको नेपाल भ्रमण हुने पनि बताउनुभयो ।

भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागी, उपराष्ट्रपति कार्यालयका सचिव शंकरप्रसाद अधिकारी, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, भारतका लागि नेपालका कावा राजदूत भरतकुमार रेग्मीलगायत सहभागी हुनुहुन्थ्यो । त्यस्तै प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, विदेश सचिव विजय गोखले, नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी, भारतीय प्रधानमन्त्री कार्यालयका सचिव एके शर्मालगायत सहभागी हुनुहुन्थ्यो ।
–––

LIVE TV