२८ बैशाख २०७५, शुक्रबार

जनकपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुर र अयोध्याको सम्बन्ध इतिहासदेखि अहिलेसम्म निरन्तर रहेको बताउनु भएको छ ।

जनकपुरको जानकी मन्दिरमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको स्वागत गर्नु भएका ओलीले जानकी मन्दिरमा आयोजित विशेष कार्यक्रममा अयोध्याबाट वारात अहिले पनि आउने र जनकपुरबाट वारात टोलीलाई विदाई गर्ने परम्परा द्धापर युगदेखि अहिलेसम्म निरन्तर रहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले रामायण सर्किटले दुई देशको सम्बन्धलाई नजिक ल्याउन थप मद्दत गर्ने बताउदै रामायणकालीन जनकपुरका धेरै स्थानहरु सर्किटमा जोडिने विश्वास व्यक्त गर्नुभयो ।

भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरमा स्वागत गर्न पाउँदा आफु र जनकपुरवासी हर्षित भएको बताउँदै नेपाल र भारतको सम्बन्धमा धार्मिक पक्षको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

LIVE TV