२८ बैशाख २०७५, शुक्रबार

भैरहवा। अस्पतालको चरम लापरबाहीका कारण एक बिरामीको मृत्यु भएको छ । भैरहवाको सिटी अस्पतालमा मुटु दुख्यो भनेर चेक गर्न जादँ अस्पतालले बिरामीलार्इ ग्यास्टीकको औषधि दिएर पठाएपछि बिरामीको मृत्यु भएको हो ।

गते बुधवार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १० निवासी ३६ वर्षका रामु चुँदाली मुटु दुख्यो भन्दै आफै अस्पताल आएका थिए । बिहीबार रातको १० बजे बिरामीको मृत्यु भएको थियो । बिरामीको मृत्युपछि मृतकका परिवारले अस्पतालको लापरबहिले अकालमा मृत्यु भएको आरोप लगाएका छन् ।

मृतकका दाइ दुर्गा बहादुर चुँदालीको अनुसार हस्पिटलले ग्यास्टीक हो भनेर ७ दिनको औषधी दिएर फर्काएको थियो । त्यसको ५ मिनेटपछि मुटु दुख्न थाल्यो त्यसपछि दौडाएर ल्याउँदा बिरामीको मृत्यु भयो ।

मृतककी आमा मायादेवि चुँदालीले रुँदै अस्पतालले यति साह्रै लापरबाही गरेर आफ्नो छोरा गुमाउनु परेको बताइन् । ‘उपचार नहुने भए पहिल्यै भन्नुपर्थो, मुटु दुखेको बिरामीलाई ग्यास्टीकको औषधि दिएर मार्ने श्? अस्पतालले झार टार्न काम गरे, दबै दिएर दुई वटा सुई लगायो लास्टमा छोरो मरेपछि मेडिकल कलेजमा लैजा भनेर अर्कै अस्पताललाई दोष थुपार्न खोजे ।’ उनी नाम सिटी काम के हो यो रु आज मेरो छोरो टुहुरो भयो मेरो मेरो छोरोलाई कसले हेर्छ रु भन्दै रोइरहेकी थिइन् ।

मृतक कि श्रीमती दिपा चुँदालि रुँदै उपचारको लागि आर्थिक अभाव नभएको भन्दै भनिन्, ‘उपचार गर्न पैसा हामीसँग जति पनि थियो पैसाको कमी हामीसँग थिएन, छाती दुखेको मेरो बुढालाई ग्यास्टीकको औषधि दिने ऐले यसको जिम्मेवारी को हो रु मुटुको रोगीलाई ग्यास्टीकको औषधि दिने रु तपाई जनतालाई सोध्नुहोस न ।’

अस्पतालको लापरबाहीको बारेमा बुझ्न खोज्दा अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलको मोबाइल स्वीच अफ रहेको छ । अन्य जिम्मेवार व्यक्तिहरू सँग सम्पर्क गर्न खोज्दा सम्पर्कमा नरहेको पाइएको छ ।

LIVE TV