२८ बैशाख २०७५, शुक्रबार

नगरकोट : नेकपा (माओवादी केन्द्र)का सचिव देवप्रसाद गुरुङलेसत्ता साझेदार रहेको दल माओवादी केन्द्रका अध्यक्षसँग मन्त्रिपरिषद्बाट गरिने निर्णयबाहेक अन्यमा कुनै परामर्श नगरी महत्वपूर्ण निर्णय गर्ने गरेको आरोप लगाउनुभएको छ ।

रफत सञ्चार क्लबद्वारा आज आयोजित साक्षात्कार कार्यक्रममा नेता गुरुङले ‘पार्टी एकीकरणसँगै दुई अध्यक्ष रहने र एकले सरकारको नेतृत्व गर्ने र अर्काले पार्टीको नेतृत्व गर्ने सहमति भए पनि पछिल्लो समयमा एमाले अध्यक्षले त्यस्तो व्यवहार देखाउन नसक्दा’ विश्वासको वातावरणमा शंका देखिएको बताउनुभयो ।

LIVE TV