२८ बैशाख २०७५, शुक्रबार

काठमाडाैँ । भारतीय नेरेन्द्र मोदी दुई दिने भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । जनकपुरमा चार घण्टमा तीनवाटा कार्यक्रम सकाएर काठमाडौँ आएका हुन् । मोदी एयर इन्डियाको क्षेत्रीय जहाज चढेर जनकपुर विमानस्थलमा ओर्लिएका थिए ।

शुक्रबार बिहान जनकपुर विमानस्थलमा आएका मोदीलाई संघीय सरकारका रक्षामन्त्री ईश्वर र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका थिए ।

 

 

 

 

 

 

 

बाह्र विघा मैदानमा भएको कार्यक्रमा मात्रै मोदीले करिब एक घण्टा लामो सम्बोधन गरेका थिए । मोदीले जनकपुरमा सम्बोधन गर्दै नेपालबिना भारत अधुरै रहने बताउका छन् । बाह्रविघामा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै यस पटकको नेपाल भ्रमण प्रधानमन्त्रीको रूपमा भन्दा पनि प्रधान तीर्थ यात्रीको रुपमा रहेको बताएका हुन् ।

उनले सम्बोधन गर्दै भने ‘हाम्रो चाह र राह सबै समान हो, सपना संकल्प सबै समान हो । हाम्रो गन्तब्य पनि एकै हो’, मैथिलीमा भाषण सुरु गर्दै मोदीले भने, ‘नेपालबिना भारतको इतिहास अधुरो छ,नेपालबिना हाम्रो नाम पनि अधुरो हुन्छ ।’

 

उनले दुई देशबीचको मित्रता मित्रता आजको नभइ त्रेता युगदेखिको रहेको पनि जिकिर गरेका छन् । ‘हामी भगवान रामको पालादेखि जोडिएका छौँ’, उनले भने, ‘हाम्रो सुख दुःख पनि समान हो, हाम्रो सपना पनि एउटै छ ।’

फोटो : रासस

LIVE TV