२८ बैशाख २०७५, शुक्रबार

धनुषा । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालवावु राउतले संविधान विभेदकारी भएको भन्दै संघर्ष जारी रहेको बताउनुभएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरको बाह्रविघामा नागरिक अभिनन्दन गर्न आयोजित कार्यक्रममा उहाँले राज्यले मधेसलाई विभेद गरेको बताउनुभयो ।

उहाँले राज्यका कारण मधेसी नागरिक उत्पिडित शोषित रहेको उल्लेख गर्नुभयो । उहाँले विकासको मामिलामा मधेस पछि रहेको भन्दै राज्यको अभिन्न अंग बन्ने आफूहरुको चाहना रहेको बताउनुभयो ।

उहाँले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले दुई देशबीचको सम्बन्धमा अझ सुधार आएको बताउनुभयो । रामायणकालिन सम्बन्धको चर्चा गर्दै मुख्यमन्त्री राउतले अहिलेसम्म पनि नेपाल–भारतका नागरिकबीच विवाह हुने गरेको उल्लेख गर्नुभयो ।

LIVE TV