२८ बैशाख २०७५, शुक्रबार

काठमाडौं । ऊर्जामन्त्री बर्षमान पुनले प्रदेश सरकारले अन्तशुल्कवाट अरवौ रुपैया उठाउन सक्ने र केन्द्र सरकारवाट पनि राम्रै बजेट जाने भन्दै अव बिकासको लागि भन्दै केन्द्र सरकारको मुख ताक्नु पर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।

उर्जामन्त्री पुनले सामुदायिक विद्य्तु उपभोक्ता महासंघको पाँचौ महाधिवेशन कार्यक्रममा बोल्दै केन्द्र सरकारको मुख नै ताक्नु पर्ने अवस्थाको अन्त्य भएको बताउनुभएको हो । उहाले प्रदेश सरकारहरुको आम्दानीको स्रोतहरु धेरै रहेको भन्दै एउटै प्रदेशले कम्तिमा पनि २० देखि २५ अर्व रुपैया आन्तरिक स्रोतवाट उठाउन सक्ने अवस्था रहेको बताउनुभयो ।

कार्यक्रममा पूर्व जलस्रोत मन्त्री प्रदीप नेपाल र दिपक ज्ञवालीले सामुदायिक विद्युत उपभोक्ता महासंघले राम्रा काम गरीरहेको भएपनि केही सदस्य संस्थाहरुका कतिपय कार्यले सिगो महासंघ नै बदनाम हुने गरेको धारणा राख्नुभएको थियो ।

नेपाल बिद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलवहादु घिसिङले महासंघ र प्राधिकरण दुवैले आफना कमि कमजोरीलाई सुधार गर्दै अगाडी बढन आवश्यक रहेको बताउनुभएको थियो । सामुदायिक विद्युत महासंघका अध्यक्ष नारायण ज्ञवालीले जनसहभागितामा आधारित ग्रामीण विद्युतीकरण नै दिगो बिकासको आधार रहेको बताउनुभयो ।

सरकारले समुदायको सहभागितमा पु¥याउदा विद्युत चुहावट, चोरी र स्थानीय रोजगारीको अवसर समेत पाउने भन्दै सवैले कमिकमजोरीलाई औल्याउदै सुधार गर्दै अगाडी बढ्न आवश्यक रहेको बताउनुभयो ।

LIVE TV