२८ बैशाख २०७५, शुक्रबार

काठमाडौं। विवेकशील साझापार्टीले भारतीय प्रधानमन्त्री नेपाल आएको मौकामा नाकावन्दीको बिरोध स्वरुप कार्यालयमा टाँगीएको ब्यानर प्रहरीले हटाईदिएको छ ।

 

नाकाबन्दी अपराध थियो भन्ने नाराका साथ सामाजिक संजाल भारतीय प्रमले माफी माग्नु पर्ने आवाज उठाईरहेको थियो। यसैक्रममा बिवेकशील साझा पार्टीले आफ्नो कार्यालयमा राखेको ब्यानर प्रहरीले च्यातेर निकालेको छ।

विवेकशील साझा पार्टीले बखुन्डोल स्थित आफ्नो कार्यालयमा राखेको ब्यानरमा दुइ बर्ष अघिको भारतिय नाकावन्दी प्रती बिरोध जनाउँदै ‘मोदी जि स्वागत छ तर नाकावन्दी बिर्सेका छैनौ’लेखीएको थियो ।

LIVE TV