२८ बैशाख २०७५, शुक्रबार

भक्तपुर । माओवादी केन्द्रका सचिब देब गुरुङले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाललाई सेरेमोनियल अध्यक्ष बनाएको आरोप लगाउनु भएको छ ।

भक्तपुरमा आज आयोजित साक्षात्कार कार्यक्रममा गुरुङले सरकारको क्याबिनेटबाट गरिने निर्णय बाहेक सत्ता साझेदार रहेको दल माओवादी केन्द्रका अध्यक्ष दाहालसँग कुनै परामर्श नगरी जुन महत्वपूर्ण खालका निणर्यहरु भएका छन् यसले दाहाललाई सेरोमोनियल बनाएको आरोप लगाउनु भयो ।

उहाँले पार्टी एकीकरणसँगै दुई अध्यक्ष रहने र एकले सकारकारको नेतृत्व गर्ने र अर्कोले पार्टीको नेतृत्व गर्ने सहमति भए पनि पछिल्लो समयमा एमाले अध्यक्ष ओलीले त्यस्तो ब्यवहार देखाउन नसक्दा विश्वासको वातारणमा शंका देखिएको बताउनु भयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण दुई देशबीचका सम्बन्ध बिस्तारको स्वरुप भएको बताउँदै भ्रमणका समय जसरी नेपाली सुरक्षाकर्मी भन्दा भारतीय सुरक्षाकर्मी बढी हुन कुटनीतिक छलफलको बिषय समेत बनेको उहाँले बताउनु भयो ।

एमाले र माओवादी केन्द्र लगायत राष्ट्रवादीहरुको पार्टी एकताका बिषयमा प्रत्यक्ष नभए पनि अप्रत्यक्ष रुपमा बिदेशी शक्तिहरुका चलखेल भईरहेको बताउँदै यस्ता चलखेलबाट चनाखो रहँदै एकीकरणमा केन्द्रित हुनु पर्ने उहाँको भनाई छ ।

पार्टी एकीकरणका बारे बाहिर आए जस्तो मिति तय नभएको भन्दै उपयुक्त समयमा संयोजन समितिले निर्धारण गर्ने मितिमा ढिला चाँडो भए पनि पार्टी एकीकरण हुने बताउनु भयो ।

LIVE TV