२८ बैशाख २०७५, शुक्रबार

काठमाडौं । दिपकराज गिरी र दिपाश्री निरौलाको ‘छक्का पञ्जा ३’ को छायाँकन शुक्रबारदेखि सुरु भएको छ । बैशाख २८ गते बिहान भक्तपुरस्थित सुर्यविनायक मन्दिरमा पुजाआजा गर्दै छायाँकन सुरु गरिएको हो ।

शुभ मुहुर्तमा बरिष्ठ कलाकार हरिवंश आचार्यले टिमलाई फिल्म सफल होस् भन्दै आशिष दिए । ‘छक्का पञ्जा ३’ को छायाँकन राजधानी आसपाससहित चित्लाङ, दमैली र बाग्लुङमा गरिने निर्देशक दिपाश्री निरौलाले बताइन् । ‘४५ दिनमा सुटिङ सक्ने योजना बनाएका छौं’, तेश्रो पटक निर्देशनमा उत्रिएकी दीपाश्रीले भनिन्, ‘दर्शकले चुनौती थपिदिनु भएको छ । टिम मिलेर राम्रो फिल्म बनाउने प्रयास गर्छौं ।’

फिल्मको कथा दिपकराज गिरीको रहेको छ । संवाद लेखनमा दिपकसँग जीतु नेपाल, केदार घिमिरे र यामन श्रेष्ठले सहकार्य गरेका छन् ।

फिल्मलाई आगामी दशैंमा रिलिज गर्ने निर्माण टिमले घोषणा गरेका छन् ।

LIVE TV