२८ बैशाख २०७५, शुक्रबार

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरधाममा १ सय २१ किलोको माला लगाई दिएर अभिनन्दन गरिएको छ । शुक्रबार जनकपुर उपमहानगरपालिकाद्धारा रंगभूमि मैदानमा आयोजित कार्यक्रममा तीनवाटा १ सय २१ किलोको माला लगाई दिएका हुन् ।

उहाँलाई प्रदेशसभा २ सरकार, वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघले १२१ किलोको छु्ट्टाछुट्टै माला लगाएर सम्मान दिएका हुन् ।

मोदीको स्वागतका गेटमा मोदीको स्वागत सहितको व्यानर झुण्ड्याईएको छ । लागि विमानस्थलदेखि मुरली चोक, विश्वकर्मा चोक, भ्रमरपुर चोक, रामानन्द चोक र जानकी मीन्दरसम्म दर्जनौं स्वागतद्वार निर्माण गरिएको छ ।

LIVE TV