२८ बैशाख २०७५, शुक्रबार

मुम्बई । नायिका कट्रिना कैफसँग ब्रेकअप भएपछि रोमानियाकी युलिया बन्तुर सँग नजीकीएका बलिउड अभिनेता सलमान खान र बन्तुर बिचको सम्बन्धमा दरार आएको संकेत देखा परेको छ ।

हालै युलियाले इन्स्टाग्राममा एउटा भनाई जसमा युलियाले मेरो जिन्दगीको सबैभन्दा ठूलो गल्ती यो थियो कि सही व्यक्तिको खोजी गर्नु नै प्रेम हो भन्ने कुरालाई मैले स्वीकारें । वास्तवमा वास्तविक प्रेम आफूले आफै खोज्ने रहेछ,’ उनले लेखेकी छन्,‘यस्तो व्यक्तिको खोजी नगर्नु, जोसँग तपाई जिन्दगी बिताउन सक्नुहुनेछ । तपाई आफै यस्तो व्यक्ति बन्नुहोस् कि तपाई आफैसँग जिन्दगी बिताउन सक्नुहोस्।’ पोष्ट गरेकी थिइन् ।

यूलियाले इन्स्टाग्राममा पोष्ट गरेको भनाईले सलमान र यूलियाबीचको सम्बन्धमा दरार आएको प्रष्ट बुझ्न सकिन्छ ।भारतीय फिल्मकर्मीले यूलियाले पोष्टमा कसैको नाम उल्लेख नगरे पनि उनको यो भनाईले सलमानप्रति इंगीत गरेको अनुमान गरेका छन ।

पछिल्लो समय सलमान र यूलियाबीच निकै घनिष्टता बढेको कारण उनी सलमानको घर परीवार देखि सलमानकी आमा सँग समेत निकै नजीक रहेकी थिईन् तर पछिल्लो समय यी दुई बिचमा केही खटपट भएको सञ्चारमाध्यममा खवर आईरहेकोे थियो ।यसै बिचमा यूलियाको इन्स्टाग्रामले यी दुई बिचको सम्बन्ध सुमधुर नभएको प्रस्ट पारेको छ ।

 

LIVE TV