२८ बैशाख २०७५, शुक्रबार

ईटहरी । प्रदेश नं १को लागि भएको प्रतिक चिन्ह लोगो प्रतियोगीतामा पूर्वका ख्यातीप्राप्त चित्रकार विक्रमश्रीले बनाएको चिन्हले पुरस्कार प्राप्त गर्न सफल भएको छ ।प्रतियोगिताको लागी १ महिना अघि सुचना प्रकाशित भएको थियो ।बिक्रमश्रीले आफुले सृृजना गरेको रचना छनौटमा परेकोमा हर्षीत हुँदै सामाजिक सञ्जाल फेसबुकमा मार्फत खुशी ब्यक्त गरेका छन् ।

उनले निर्माण गरेको प्रतिकचिन्हमा सगरमाथाको चुचुरोमा नेपालको झण्डा,मिहाल,पहाड,तराई,लालीगुराँस र खुकुरी लगायतका नेपालीका परिचय सो लोगोभित्र समेटिएको छ ।

LIVE TV