२८ बैशाख २०७५, शुक्रबार

जनकपुर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रामायण सर्किटले नेपाल र भारतको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नु भएको छ ।

उहाँले अपरा एकादशीको दिन नेपाल आएर जानकी माताको दर्शन पाउनु आफ्नो लागि सौभाग्यको विषय बनेको बताउँदै जनकपुर र अयोध्याको सम्बन्ध गौरवलाग्दो रहेको बताउनु भयो । दुई दिने नेपाल भ्रमणको क्रममा जनकपुर उत्रिए लगत्तै मोदी जानकी मन्दिर पुगेर षोडषोपचार विधिबाट विशेष पूजा आराधना गर्नु भएको थियो । जानकी मन्दिरमा षोडषोपचार विधिबाट पूजा गर्ने उहाँ चौथो भारतीय उच्च नेता हुनुहुन्छ । यसअघि भारतका पूर्व राष्ट्रपतिहरु निलम सञ्जिवा रेड्डी ,ज्ञानी जैल सिंह र प्रणव मुखर्जीले जानकी मन्दिरमा षोडषोपचार विधिबाट पूजा गर्नु भएको थियो ।

पूजा पछि आयोजित विशेष कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीलाई मिथिला परम्परा बमोजिम जानकी मन्दिरमा सम्मान गरिएको थियो । सम्मानपछि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले जनकपुर अयोध्या सिधा बस सेवाको शुभारम्भ गर्नु भएको थियो ।

LIVE TV