२८ बैशाख २०७५, शुक्रबार

काठमाडौं । पूर्वयुवराज पारस शाह अाज पलाञ्चोक भवगती मन्दिर पुगेर दर्शन गरेका छन् । पारस शाह अचानक पलाञ्चोक भवगती मन्दिरको दर्शन गर्न पुगेका हुन् । बिहान ९ बजे  पुगेका पारसले करिब आधा घण्टा भगवतीको पूजामा बिताएका थिए ।

सर्वसाधारणको शैली र भेषमा पुगेका पारसलाई कतिपयले चिन्न नै सकेनन् भने चिनेकाले जयजयकार गरेका थिए ।

पूजा सकेर स्थानीय साधारण पसलमा चिसो र चाउचाउ खाएका उनले देशकोबारेमा चिन्ता गर्दै कुराकानी गरेका बताइएको छ । भक्तजनहरुसँग कुराकानीका क्रममा धर्म र संस्कृतिको जागरण र सुरक्षा गर्नु आफूहरुको कर्तब्य रहेको उनले बताएकाे स्राेतले जनाएकाे छ ।

 

यही वैशाख ३० गते पारास शाहले पञ्चमुखी हनुमान, उत्तरगया गोकर्णस्थित मठ मन्दिरको दर्शनको र पुजापाठ गर्ने कार्यक्रम छ ।

LIVE TV