२७ बैशाख २०७५, बिहीबार

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मादी भोलि शुक्रबार नेपालको प्रधानमन्त्री केपी वली शर्माको निमन्त्रनामा नेपाल भ्रमन आउने भएको हो । प्रधानमन्त्री मोदी दुई दिनका लागि नेपाल भ्रमन आउने छ ।

नेपालको जनकपुर , काठमाडौ जस्ता ठाउँहरु जहाँ मोदीले पाइला टेक्नेछन् ती सवै रातरात सजिएका छन् । काठमाडौँ चाबाहिल स्थित टन्टलपुर घाममा पनि सरसफाइमा व्यस्त रहेको छ । रङगहिन हुदै गएको राष्ट्रपति भवन पनि टिलीक्क टल्काएको छ ।

प्रधानमन्त्री मोदीको भ्रमनमा भारत र नेपालको सम्बन्ध सामान्य बनाउनका लागि प्रयास भएको भारतीय मिडियाले लेखेको छ । अघि लेखेका छन् , हालको उनको नेपाल यात्राले भारत सहयोगका प्रमुख परियोजनालाई छिट्टै कार्यन्वयन तथा भरोसा बनाउनका लागि केन्द्रीत रहने छ । प्रधानमन्त्री मोदीको यस यात्रमा केपी वली शर्माको नयाँ सरकार संग मोदीको सम्बन्ध मजबुत रहोस भन्ने चाहान भारतको रहेको भारतीय मिडियाले जनाइएको छ । नेपालको केही समयको राजनीतिक उथल पुथलपछि ओलीले स्थिर सरकारको नेतृत्व गरेको पनि उक्त मिडियाले जनाएको हो ।

यो समयमा प्रधानमन्त्री ओली र मोदीको पारस्परिक हितका मुद्धामा नयाँ दिल्लीमा हालै भएकाे कुराहरूलार्इ अगाडी बढाउने मौका मिल्ने भारतीय प्रधानमन्त्री मोदीले बताए । भारतीय प्रधानमन्त्री मोदीले भने, हाम्रो विभिन्न क्षेत्रमा भएकाे सहकारी र साझेदारी अगाडी बढाउन अवसर मिल्नेछ ।

LIVE TV