२७ बैशाख २०७५, बिहीबार

सुनसरी । लामखुट्टे बढेपछि इटहरी उप–महानगरपालिकाले नियन्त्रणका लागि विषादी छर्ने काम सुरु गरेको केही समयमै स्थगित गरेको छ । छरेको विषादीले लामखुट्टे नमरेपछि उप–महानगरपालिकाप्रति नगरवासीको विश्वास घटेको छ ।

सुचना गरेर पनि लामखुट्टे नियन्त्रणका लागि औषधि नछरेको गुनासो नगरवासीले गरिरहेको समयमा इटहरी उपमहानगरपालिकाले भने दक्ष प्राविधिक नभएको कारण मेशिन विग्रीएर औषधि छर्ने काम स्थगित गर्नु परेको जनाएको छ । उपमहानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि सुचना जारी गरेपनि औषधि छर्न भने नआएको वडा नम्वर ४ शिशिर टोलका हिरा आचार्यले गुनासो छ ।

इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले मेशिन विग्रिएका कारण सुचना गरेपनि सवै वडाहरुमा औषधि छर्कन नसकिएको स्वीकार गर्नुभएको छ । उहाँले दक्ष प्राविधिक नभएको कारण मेशिन सहि तरिकाले प्रयोग नगरिएकाले विग्रिएको समेत दावी गर्नुभयो ।

औषधि छरिएका स्थानमा समेत लामखुट्टेहरु नमरेको गुनासो आइरहेको वताउदै उपप्रमुख गौतमले कडा औषधि छर्दा मानव स्वास्थ्यमा असर गर्ने भएकाले त्यस्ता औषधि नछरिएको समेत स्पष्ट पार्नुभयो । लामखुट्टे नियन्त्रणका लागि प्रयोग गरिने औषधिको मात्रा अनुसार छर्दा लामखुट्ट मर्ने नभएर लामखुट्टेको अण्डाहरु नोक्सान हुने गरेको छ ।

LIVE TV