२७ बैशाख २०७५, बिहीबार

काशीनाथ तिवारी हत्याको अभियोगमा जन्मकैदको फैसला सुनाईएका रौतहट कटहरियाका मेयर कुशवाहा पक्राउ, कुशवाहा केन्द्रीय अनुसन्धान व्युरो सीआइबीको नियन्त्रणमा

काठमाडौं । काशीनाथ तिवारी हत्याको अभियोगमा जन्मकैदको सजाय सुनाइएका रौतहटको कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहा पक्राउ परेका छन् ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज काठमाडौंको अनामनगरबाट नियन्त्रणमा लिएको हो । उच्च अदालत जनकपुरको वीरगन्जस्थित अस्थायी इजलासले युवासंघ पर्साका अध्यक्ष तिवारीको हत्यामा दोषी ठहर गर्दै कुसवाहलाई फागुन २८ गते २० वर्ष जेल सजायको फैसला गरेको थियो ।

फैसला लगत्तै उनी फरार थिए । पक्राउ परेका कुशवाहालाई अदालतको फैसला कार्यान्वायनका लागि अदालतमा पेश गरिने सिआईबीका डिएसपी कमल थापाले जानकारी दिनुभयो ।

माओवादी केन्द्रबाट प्रमुख निर्वाचित कुशवाहालाई माओवादी नेता प्रभु शाहको स्वकीय सचिव हुँदा हत्या अभियोगमा मुद्दा लगाइएको थियो ।

LIVE TV