२७ बैशाख २०७५, बिहीबार
  • तारा आचार्य

मोरङ । साढे ३३ किलो सुन तस्करी र भरिया सनम शाक्य हत्या प्रकरणका अभियुक्तहरुलाई पुर्पक्षका लागि थुना वा धरौटी वा साधारण तारेखमा राख्ने विषयमा मोरङ जिल्ला अदालतमा थुनछेक बहस शुरु भएको छ ।

पहिलो दिनको बहसमा सरकारको तर्फबाट तीन जना सरकारी वकिलहरुले बहस गर्नुभएको छ । सरकारको तर्फबाट ८ जनाले बहस गर्ने र प्रतिवादीहरुको तर्फबाट बहस गर्न ५० जना कानुन व्यवसायीहरुले ८३ वटा वकालतनामा पेश गरेको मोरङ जिल्ला अदालतका श्रेष्तेदार नवराज दुलालले जानकारी दिनुभयो । कानुन व्यवसायीहरुको संख्या र बहसका आधारमा थुनछेक बहस करिब ५ दिनमा सम्पन्न हुने अनुमान गरिएको छ ।

सुन प्रकरणमा जिल्ला प्रहरी कार्यालय मोरङले जिल्ला सरकारी वकिल कार्यालय मार्फत ६३ जना विरुद्ध अभियोग पत्र दर्ता गराएकोमा ३० जना पक्राउ परेका छन् ।
करिब १७ अरब २ करोड बिगो दावी गरिएको सो मुद्दामा ३ जना सुन व्यापारी, १३ जना एयरलाइन्स कर्मचारी, ६ जना भरिया र ८ जना प्रहरी पक्राउ परेका छन् । उच्च प्रहरी अधिकारीहरु समेत संलग्न रहेको सो मुद्दामा ८ जना बहालवाला प्रहरी रहेका छन् ।

LIVE TV