२७ बैशाख २०७५, बिहीबार

काठमाडौँ । साग स्वास्थ्यको लागि एकदमै फादाजनक तरकारी हो । हरियो सागपात खाँदा आँखा तजिलो हुने डाक्टरहरु बताउछन् ।

सागको विभिन्न प्रकारहरु हुन्छन्।रायो , बेथे , चाइनिज ,पालुङगो मेथि,सुप, फर्सिको मुन्टो ,स्कुस्को मुन्टो ,तोरी आदि सागहरुका प्रकारहरु हुन । जसले रोगसंग लड्ने क्षमताको विकास गर्नुको साथै रोगलाई कम गर्न मदत गर्छ । साग सलाद र तरकारीको रुपमा प्रयोग गरिन्छ । विषेश गरि बेथे सागले शरीरलाई यस्तो फाइदा पु¥याउछ ।

बेथेको साग औषधीय गुणले भरिपूर्ण हुन्छ । यसलाई उसिनेर अचार बनाउदा पनि मीठो नै हुन्छ र पकाएर तरकारीको रुपमा पनि खान सकिन्छ । बेथेमा खनिज तत्त्वको मात्रा अमलामा भन्दा बढी हुन्छ । बेथेले शरीरमा फलामको कमी हुन दिंदैदैन । साथै, मृगौलामा पत्थरी हुन दिदैन। बेथेले नै आमाशयलाई बलियो बनाउने काम गर्छ ।

फलाम, फस्फोरस, भिटामिन डी र क्षार धेरै मात्रामा पाइने साग बेथे हो  । यसले कब्जियत भगाउने डाक्टरहरु बताउछन् । कलेजोसम्बन्धी रोग, अजीर्ण, ग्यास, जुका, पत्थरी, पेट घोच्ने समस्यालगायतबाट मुक्ति पाउन बेथे साग खानुपर्ने जानकारी स्रोतले दिएको छ ।

LIVE TV