२७ बैशाख २०७५, बिहीबार

एजेन्सी । गर्मीको समयमा मौसमीको रस कुनै अमृत भन्दा कम हुन्न । साथै मौसमीको उपयोग गर्दा भिटामिन सि र पोटासियमको भरपुर मात्रा पाईन्छ । मिठो स्वाद हुने मौसमीको जुस नेपालमा पनि लोकप्रिय जुस हो ।

मौसमीमा फाईभर पनि पाइन्छ । मौसमी हाम्रो स्वस्थ्यको लागि निकै फाइदाजनक रहेको छ । आज हामीले तपाईलाई मौसमीको जुसको सेवन गर्दा स्वस्थ्यमा हुने फाईदाहरुको बारेमा बताउँदै छौं ।

मौसमीको जुस सेवन गर्दा निम्न फाईदाहरु छन्ः

१. पाचन क्रियाको लागि मौसमीको जुस निकै लाभदायक मानिन्छ । आफ्नो मिठो गन्ध र एसिडका मात्रा हुने मौसमीको जुसले पाचन क्रियाको लागि मदत गर्छ । मौसमीको जुसको सेवनले पेटमा भएको धेरै प्रकारको रोगहरुको इलाज गर्न पनि मदत गर्छ ।

२. मौसमीको जुसको सेवनले स्कर्वी रोगको लागि पनि फाइदाजनक मानिन्छ । स्कर्वी रोग भिटामिन सी को कमिको कारण लाग्ने रोग हो । त्यसैले मौसमीको जुसमा भिटामिन सी पाईन्छ ।

३. मौसमीको जुस डाइबिटिज भएको ब्यक्तिलाई निकै फाइदाजनक मानिन्छ । दुई चम्चा मौसमीको जुस, चार चम्चा अमलाको जुस र एक चम्चा शहदको साथमा खालीपेटमा पिउँदा स्वस्थ्यलाई निकै फाइदा पुग्छ ।

४. प्रत्येक दिन मौसमीको जुस पिउनाले रक्तसंचार सही ढंगले सर्कुलेशन हुनुका साथै राम्रो रोग प्रतिरोधक क्षमतालाई पनि बलियो बनाउँने काम गर्छ ।

५. गर्भवती महिलाको लागि मौसमीको जुस निकै फाइदाजनक मानिन्छ । यो आमा र बच्चा दुवैको लागि फाईदा जनक मानिन्छ ।

६. हाम्रो आँखाको नानीको लागि पनि मौसमी फाइदा जनक छ । पानीमा मौसमीको जुस घोलेर आँखा धुनाले विभिन्न प्रकारको इन्फेक्शनबाट बचाउन सकिन्छ, आदी ।

LIVE TV