२७ बैशाख २०७५, बिहीबार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने भ्रमणको पहिलो दिन नै जनकपुर आउने भएपछि यतिबेला जनकपुरलाई दुलही जस्तै श्रृंगारिएको छ।

जनकपुरका मुख्य चोक र बजारमा सरसफार्इले तिब्रता पाएको छ भने तिब्रगतिमा बिकास निर्माणका काम पनि भइरहेका छन्।

मोदीको स्वागतका लागि धेरै ठाउँमा स्वागतद्वार बनाइएको छ । मोदीको स्वागतका लागि तुल, ब्यानर, प्रचार रङरोगनले जनकपुरको मुख्य चोक रामानन्द आसपास हुँदै जानकी मन्दिर रहेको क्षेत्र जानकी चोकसम्म निकै साजसज्जा गरिएको छ।

यसै बिषयमा सर्वसाधारणको प्रतिकृया लिने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्नु राम्रो भएपनि अभिनन्दन गर्नु खासै राम्रो नभएको प्रतिकृया दिएका छन् ।

साथै, २०७२ सालको विनाशकारी भुकम्पले सम्पूर्ण नेपालीहरुको मन रोईरहेको समयमा भारतले लगाएतको नाकाबन्दीबारे मोदीले माफी माग्नु पर्ने लगाएतका प्रतिकृया दिएका छन् ।

LIVE TV