२७ बैशाख २०७५, बिहीबार

काठमाडौं । “सबैका लागि घरघरमा मानव अधिकार शान्ति र विकासको आधार ”भन्ने मूल नाराका साथमा राष्ट्रिय अपाङ्ग महासंघको समन्वय र राष्ट्रिय मानव अधिकार आयोगकोे आयोजनामा राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

२ दिन सम्म चल्ने सम्मेलनमा अपाङ्गता भएका ब्यक्तिहरुको हकहित र उनीहरुको चासो, गुनासो र प्रश्नहरुलाई समेत सम्बोधन गरिने छ ।

सम्मेलनमा राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष सुर्दशन सुवेदीले संविधानमै अपाङ्गता भएका ब्यक्तिहरुको अधिकारको सुनिश्चितता गरिएपनि अझै त्यसको प्रत्याभूति नभएको गुनासो गर्नुभयो ।

सम्मेलनमा मानव अधिकारकर्मीका साथै विभिन्न अपाङ्गता क्षेत्रमा कार्य गर्ने संघ संस्थाका प्रतिनिधिको उल्लेखनीय सहभागिता रहेको छ ।

LIVE TV